भोजपुर- भोजपुरको पौवादुम्मा गाँउपालिका ६ रेलेटोल वस्ने एक पुरुषले आफ्नै छातीमा भाला रोपी आत्महत्या गरेकाछन् । ५३ बर्षीय धनवहादुर राईले भाला रोपेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक पाण्डव राजवंशीले जानकारी दिए ।

राईले आफ्नै छातीमा भाला प्रहार गरी छट्पटाईरहेको अवस्थामा फेला पारेको भनि उनकै श्रीमती दिल कुमारी राईले मृत्यु भएको भनि विहान ४ बजे बास्तिम प्रहरी चौकीमा खवर गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले वताएको छ । घट्नाको अनुसन्धान भईरहेको र लाशलाई पोष्टमार्टमको लागि जिल्ला जिल्ला अस्पताल तर्फ ल्याईदैगरेको सुचना अधिकारी राजवंशीले वताए ।

तपाईको प्रतिक्रिया