भोजपुर, १६ जेठ-रुकुम काण्डको देश विदेशका विरोध भईरहेको अवस्थामा भोजपुरका दलित अगुवाहरुले पनि विरोध ¥याली निकालेकाछन् ।

गत शनिबार अन्तरजातिय विवाहलाई लिएर जाजरकोट जिल्लाका नवराज विक सहित अन्य ५ जनाको गाउँलेले कुटपिट गरी विभत्स हत्या गरेको विषयमा दोषीलाई कारवाहीको माग गर्दै उनीहरुले जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रीलाई ज्ञापन पत्रमा बझाएका हुन् ।

अन्तरजातिय विवाहलाई लिएर भएको उक्त अमानविय कार्यको विज्ञप्ती मार्फत भत्र्सना गरिएको छ । विज्ञप्तिमा दोषीलाई कडा भन्दा कडा कारवाही गरी पीडितलाई उचित क्षतिपूर्तिको माग समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया