भोजपुर- फौजी किराको प्रकोपले मकैबाली नष्ट भएपछि भोजपुरका किसान चिन्तित भएका छन् । जिल्लाको षडानन्द नगरपालिका, टेम्केमैयुङ गाउँपालिका,पौवादुङमा गाउँपालिका अरुण गाउँपालिकाको विभिन्न वडामा किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप बढेको हो ।
गोडिसकेको मकैको किराले गुबो खाएर सखाप बनाएको षडानन्द नगरपालिकाका वडा नम्वर १ का किसान सौगात गौतमले बताए । गौतमले भने, “हाम्रो क्षेत्रमा फौजी किराले मकैबाली नष्ट बनाएको छ, जनप्रतिनिधि कोरोना भाईरसको वहानामा कृषको समस्यावाट पन्छिन खोज्छन।”

टेम्केमैयुङ गाउँपालिका वडा नं ७ का वडाध्यक्ष सूर्य नेपालले कोटमा करिब १०० बढी किसानले लगाएको बालीमा किराको प्रकोप रहेको छ । दैनिकजसो यसको प्रकोप बढिरहेको नेपालले जानकारी दिए ।

षडानन्द नगरपालिका वडानम्वर १ का वडाध्यक्ष रामेश्वर भण्डारीले किसानहरुवाट मकैवालीमा फौजी किराको प्रकोपको जानकारी आएपछि समस्याको वारेमा नगरपालिकामा अवगत गराईएको वताए । यता नगरपालिकाले भने नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठक वसेर फौजिकिराको समस्या समाधान गरिदिनको निमित्त कृषि ज्ञान केन्ल्र भोजपुरमा पत्राचार गरिएकोे जनाएको छ ।

फौजी किराले बाली नष्ट गरेपछि षडानन्द नगरपालिककाको वडा ६ केउरेनीपानीले किसानलाई फौजी किरा मार्ने विषदी वितरण गरेको जनाएको छ । फौजी किराका कारण सबै मकैबाली नष्ट हुने स्थिति देखिएकाले विषदी खरिद गरी ४५० कृषकलाई वितरण गरिएको वडाध्यक्ष सुजन राईले बताए ।

अरूण गाउँपालिकाको वडा नं १ याङपाङले पनि किसानलाई फौजी किरा मार्न औषधि वितरण शुरु गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया