- mohan tamang

दिङ्ला– भोजपुरको षडानन्द नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाईनमा सामान्य आधारपुत सुविधा समेत नभएको क्वारेन्टाईनमा वस्दै आएका सर्वसाधारणले आरोप लगाएका छन् । नगरपालिकाले विभिन्न स्थानमा क्वारेन्टाईन व्यवस्थापन गरेता पनि मापदण्ड अनुसार नभएको पाईएको छ ।

पछिल्लो समय विभिन्न कामले नगरवाहिर गएका सर्वसाधारण नगरमा प्रवेश गर्ने क्रम बढेपछि नगरपालिकाले षडानन्द माध्यमिक विद्यालयको भवनमा १५ सैयाको क्वारेन्टाईन निर्माण गरेको छ । तर अहिले सामान्य आधारभुत सुविधा समेत उपलब्ध नभएको क्वारेन्टाईनमा बस्नेहरुको गुनासो छ ।

खानेपानीको व्यवस्था छैन ट्वाईलेटमा प्रयोग गर्ने पानी खानु पर्छ, पर्याप्त मात्रमा लुगा कपडा पुगेको छैन । १२ जना बसेका छौं सामाजीक दुरी कायम गरेर बेड राखेको छैन एउटै कोठामा ६ जना बसेका छौं । सिरक छैन जाडोमा सुत्न समस्य भएको छ सिरानी नभएको कारण झोलाको सिरानी लगाएर सुतिरहेको माधव वस्नेतले गुनासो गरे ।

खाजाको नाममा चिया, सुख्खा चाउचाउ साथै विस्कुट ल्याईदिन्छ पानी तताउने सामान उपलब्ध गराईदिनुस भनेर स्वास्थ्य कर्मीलाई फोन गर्दा अपशब्द बोल्ने गरेको दोर्ण कुमार श्रेष्ठको आरोप छ ।

ओछ्याउन एउटा म्याट र तन्ना दिएको छ ढलानको चिसो भुँईमा सुत्नु परेको छ । सक्नेले जाडो पचाउँछ तर उमेर ढल्किसकेकाहरु समेत रहेकोले गाह्रो भईरहेको छ । कपडा धुने बाल्टिहरु छैन एकै ठाउँमा राखेपछि महिला पुरुषलाई ट्वाईलेट एकै ठाउँ हुँदा झनै गाह्रो भईरहेको पवित्रा गुरुङको गुनासो छ ।

यता नगरपालिकाका मेयर विरबाल राईसंग बुझ्दा पहिला छुट्याईएको आवश्यक बजेट केहि कमी भएको र छिट्टै नगरपालिकाले बैठक बसेर यस्ता खालका समस्याहरुको समाधान गर्ने बताएका छन् । यस अघि पनि मेयर राई सार्वजानिक कार्यक्रममै कोरोना भाईरस नयाँ समस्या भएकोले व्यवस्थापन गर्न समस्या भएको भन्दै पन्छिदै आएकाछन् ।

उक्त क्वारेन्टाईनमा हाल १२ जना बसेका छन् विभिन्न मितिमा आएका उनिहरु कोहि विरामी लगेर घर फर्केका छन त कोही विद्यार्थीहरु रहेका छन् । सनिबार आउनेहरु कुसुम कार्की इटहरी देखि घरको खेतिपाती सम्हालनको लागी, रविन विष्ट रुपन्देहीदेखि घर आएका हुन, प्रिया बहादुर सुनुवार धरान विरामी लगेर हिन्दै ६ दिन लगाएर दिङ्ला आईपुगेका हुन, सरिता राई र दोर्ण कुमार श्रेष्ठ काठमान्डौदेखि औषधी ल्याएर आएका हुन, कुमारी भुजेल उपचार गराएर धरान देखि आएकी छिन् भने सन्तोष विश्वकर्म धरान बैनी भेटेर आएका छन् ।

त्यस्तै मोरङदेखि विभिन्न काम परेर आएको भरत श्रेष्ठ बताउँछन् भने पवित्र गुरुङ इटहरीदेखि उपचार गराएर आएकी छिन्, सरस्वती खत्री मोरङदेखि आएकी छिन उनी विद्यार्थी हुन, केदार श्रेष्ठ इटहरीदेखि आएका छन उनि रोजगारी शिलसिलमा गएका थिए ।
त्यस्तै बुधबार माधव वस्नेत इटहरीदेखि बर्खाको समयमा घर व्यवस्थापन गर्न आएका छन् भने चाईना राई र मिरा राई धरान पढ्न गएका उनिहरु बिहिबार आईपुगेका हुन् ।

तपाईको प्रतिक्रिया