संखुवासभा- संखुवासभामा दुईजनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही जेठ १३ गते भारतबाट आएर तुम्लिङटारस्थित क्‍वारेन्टाइनमा बसेका दुई पुरुषमा कोरोना पुष्टि भएको हो।

कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा दुवैमा कोरोना देखिएको हो। जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता रोशन श्रेष्ठका अनुसार संक्रमितहरु एकजना खाँदाबारी नगरपालिका ७ का २३ वर्षीय र पाँचखपन नगरपालिका १ का २२ वर्षीय पुरुष छन्। उनीहरु दुवैजनालाई एम्बुलेन्समार्फत आइसोलेसनमा लाने तयारी गरिएको छ।

संखुवासभामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन्। यसअघि छिमेकी जिल्ला धनकुटा, भोजपुर र खोटाङमा पनि संक्रमित भेटिइसकेका छन्।

तपाईको प्रतिक्रिया