भोजपुर, १७ जेठ- संघीय सरकारले आर्थिक बर्ष २०७७/०७८ को लागि भोजपुरका ९ स्थानिय तहलाई २ अर्ब ६७ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

विहिबार अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै भोजपुरलार्ई वित्तिय समानीकरण, सशर्त अनुदान, विशेष र समपुरक अनुदान गरेर २ अर्ब ६७ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएकाहुन्।

सरकारले भोजपुरका स्थानिय निकाय मध्ये सबैभन्दा धेरै षडानन्द नगरपालिकालाई ४३ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले भोजपुर नगरपालिकालाई ३६ करोड ६१ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै गाँउपालिका तर्फ अरुण गाउँपालिकालाई सवैभन्दा धेरै २९ करोड ६४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सरकारले टेम्केमैयुङ गाउँपालिकालाई २९ करोड ९ लाख, रामप्रसाद राई गाउँपालिकालाई २८ करोड ४९ लाख, आमचोक गाउँपालिकालाई २७ करोड ४ लाख, हतुवागढी गाउँपालिकालाई २५ करोड ६५ लाख र साल्पासिलिछों गाउँपालिकालाई २५ करोड ११ लाख रुपैंया बजेट विनियोजन गरेको छ भने पौवादुङ्मा गाउँपालिकालाई २२ करोड ६६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया