दिङ्ला– भोजपुरको षडानन्द नगरपालिकाले स्थापना गरेको क्वारेन्टाईनमा नेपाल कम्युनिष्ट पार्टी र स्थानीय व्यापारी लेखनाथ श्रेष्ठले फिल्टर र सावुन हस्तान्तरण गरेका छन् ।

क्वारेन्टाईनमा आवश्यक सामग्रीहरु नभएको सर्वसाधारण सहितको समाचार सार्वजानिक भएपछि नेपाल कम्युनिष्ट नेकपा षडानन्द नगर कमिटीले ४ थान शुद्ध पानी पिउनको लागि फिल्टर क्वारेन्टाईनमा प्रदान गरिएको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्य हरी भित्रिकोटीले जानकारी दिए ।

४ थान फिल्टर मध्ये २ वटा षडानन्द माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाईनमा र २ वटा इन्दिरा गान्धी मेमोरियल हस्पिटलमा व्यवस्थापन गरिएको क्वारेन्टाईनमा प्रदान गरिएको नेपाल कम्युनिष्ट पार्टीका नगर कमिटीका सचिव यङ्गराज राईले जानकारी दिए ।

षडानन्द नगरपालिकाले निर्माण गरेको षडानन्द माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बस्नेहरुलाई प्रतिव्यक्ति एक एक ओटा कपडा धुने सावुन स्थानी लेखनाथ श्रेष्ठले उपलव्ध गराएकाछन् ।

यस अघिपनि नेकपा षडानन्द नगर कमिटिले नगरपालिकालाई १५ थान ज्वरो नाप्ने थर्र्मल गन प्रदान गरि सकेको छ । थर्मल गनमा पार्टीको चुनाव चिन्हको लोगो टाँसिएको भन्दै व्यापक विरोध भएपछि अहिले नटाँसिकन प्रदान गरिएको वताईएको छ ।

तपाईको प्रतिक्रिया