- mohan tamang

दिङ्ला– नेपाल तामाङ घेदुङ संघिय कार्यालयले ८२ जना तामाङ पत्रकारहरुको कोरोना विमाको पहल गरेको छ । केन्द्रिय घेदुङको पहलमा सुचना बिभाग प्रमुख जगत दोङको संयोजन तथा नेपाल तामाङ पुरातात्विक अनुसन्धान बिभागका प्रमुख कुयाङ लामाको तर्फबात तामाङ पत्रकार संघमा आबद्ध ८२ जना तामाङ पत्रकारहरुको कोरोना विमा गर्न आर्थिक सहयोग संकलन भएको नेपाल तामाङ घेदुङले जनाएको छ ।

 

विमा गर्नको लागि संकलन भएको रु ४९ हजार २ सय रकम र एक सय थान माक्स घेदुङका बरिष्ट उपाध्यक्ष बेली लामा तामाङले तामाङ पत्रकार संघका केन्द्रिय अध्यक्ष बिष्णु मोक्तान तामाङलाई हस्तान्तरण गरेको हो । उक्त कार्यक्रम नेपाल तामाङ घेदुङको केन्द्रिय कार्यलयको सभाहलमा सामाजिक दुरी कायम गरी आयोजदना गरिएको नेपाल तामाङ घेदुङले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया