दिङ्ला– अन्तरजातिय विवाहको विषयलाई लिएर रुकुम जिल्लामा भएको सामुहिक हत्याको विरोध गर्दै भोजपुर षडानन्द नगरपालिकाका दलित अगुवाहरुले विरोध ¥याली सहित ज्ञापन पत्र बुझाएका छन् ।

गत शनिबार अन्तर जातिय विवाहलाई लिएर जाजरकोट जिल्लाका नवराज विक सहित अन्य ५ जनाको गाउँलेले कुटपिट गरी हत्या गरेको विषयमा दोषीलाई कारवाहीको माग गर्दै उनीहरुले षडानन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम वस्नेतलाई कार्यालयमा ज्ञापन पत्रमा बझाएका हुन् ।

अन्तर जातिय विवाहलाई लिएर भएको उक्त अमानविय कार्यको विज्ञप्ती मार्फत भत्र्सना गरिएको छ । विज्ञप्तिमा दोषीलाई कडा कारवाही गरी पीडितलाई उचित क्षतिपूर्तिको माग समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया