काठमाण्डौ- आइतबार एकैदिन  एक सय ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार सबैभन्दा धेरै रौतहटमा २९ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै सल्यानमा २५, धनुषामा २१, कालीकोटमा र दैलैखमा १८र१८ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै सप्तरीका १२, सर्लाहीका १०, बाँकेका आठ, पर्सा र कपिलवस्तुका पाँचरपाँच, झापामा चार, बाजुरा र कैलालीमा तीनरतीन जनामा सङ्क्रमण पुष्टि भएको हो ।स्याङ्जामा दुई, तनहुँ, मोरङ र सुर्खेतमा एकरएक जना थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १५६७ पुगेको छ । आज एक जना सङ्क्रमित डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुनेको सङ्ख्या २२० भएको छ । कोरोना सङ्क्रमणबाट अहिलेसम्म आठ जनाको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया