भोजपुर,१८ जेठ- हिजो कोरोना संक्रमण पुष्टि भएका संखुवासभाका २ जना पुरुष सँगै भारतवाट आएका भोजपुरको षडानन्द नगरपालिकाका ६ जनाको स्वाब परिक्षणकालागि आज धरान पठाईएको छ ।

स्वाब पठाईएकामा षडानन्द नगरपालिका ८ का २ जना र १२ का ४ जना पुरुष रहेको उप प्रमुख मेरिका राईले जानकारी दिईन् ।उनिहरु ६ जनानै अरुण गाँउपालिकामा स्थापना गरिएको क्वारेन्टाईनमा रहेका छन् ।

उनिहरुसँगै जेठ १३ गते रुपन्देही जिल्लाको सुनौली नाकाबाट उद्धार गरिएका संखुवासभाको खाँदबारी नगरपालिका ७ का २३ वर्षीय र पाँचखपन नगरपालिका १ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।

तपाईको प्रतिक्रिया