काठमाण्डौ – नेपालमा सोमबार एकैदिन २३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

दिउँसोमात्रै दुई सय २६ जनामा कोरोना पुष्टि भएकोमा बेलुका प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमाथप १३ जनामा कोरोना पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या एक हजार आठ सय ११ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोमबार एक जना डिस्चार्ज भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई सय २२ पुगेको छ । सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ पुगेको छ ।

तपाईको प्रतिक्रिया