धरान- दाह्री काट्ने ब्लेडले आफ्नै घाँटीमा रेटी धरान–१६ हिमालयन मार्गका एक युवाले आत्महत्या प्रयास गरेका छन् ।

घरमा परिवारका सदस्यहरुले खाना पस्किएर खान बोलाउँदा उनि भने म सुतेको भन्दै आफ्नो कोठातर्फ प्रवेश गरेको र सोही बेला ब्लेडले घाँटी रेटेर आत्महत्याको प्रयास गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । परिवारका सदस्यहरुले थाहापाएपछि उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याएका थिए । उनको एमरजेन्सी कक्षमा उपचार भईरहेको प्रतिष्ठानको सुरक्षाका लागि खटिएका प्रहरीले जानकारी दिएका छन् ।

उनको उपचारमा संलग्न डाक्टरहरुले अवस्था गम्भिर रहेको बताएको एमरजेन्सी कक्षका प्रहरीले जानकारी दिए । घट्नाको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया