दिङ्ला–भोजपुरको षडानन्द नगरपालिका ८ तुङ्गेछामा आफ्नै काकाकी छोरीलाई जर्बजस्ति गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जेष्ठ १४ गते साँझ ५ बजेको समयमा घरमा कोहि नभएको मौका पारी बर्ष २८ का युवकले १३ बर्ष  की नाबालिकालाई करणी गरेको खुलेको छ ।

७ बर्षकी बहिनिसंग बसिरहेकी नाबालिकालाई बैनिलाई फकाएर बाहिर फठाई करणी गरेको खुलेको हो । करणी गर्ने पुरुषलाई इलाका प्रहरी कार्यलय दिङ्लाले नियन्त्रणमा लिएर सोधपुछ गर्दा पिडकले मदिरा सेवन गरेको बेलामा मैले गरेको हो भनि स्विकारेको ईलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ ।

पीडक युवालाई मुद्दा चलानको लागि जिल्ला पठाईएको इलाका प्रहरी कार्यलय दिङ्लाका प्रहरी निरिक्षक भाष्कर खतिवडाले बताए ।

तपाईको प्रतिक्रिया