दिङ्ला– भोजपुरको षडानन्द नगरपालिका ७ ले वडाका५८ गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषणयुक्त सामग्री वितरण गरेको छ । महिला लक्षित कार्यक्रम अन्तर्गत योेजनाले सुआहारा र वडाको समन्वयमा सामग्री वितरण गरिएको हो ।
उक्त कार्यक्रम कोरोना माहामारीले गर्दा प्रभावकारी तरिकाले गर्न सकिएन तर पनि जनप्रतिनिधी स्वस्थ्यर्मी र स्वयमसेविकाहरु भएर घर पायक र टोलटोलमा सामग्री पु¥याईएको वडा सदस्य बद्रि अधिकारीले जानकारी दिए ।
प्रत्येकलाई १ लिटर खानेतेल, जोनसोन देवी साबुन, बेबी सेट(कपडा) एक थान, जिरा एक प्याकेट, ज्वानो एक प्याकेट हर्लेक्स १ बट्टा र १ बट्टा घ्यु वितरण गरिएको वडाध्यक्ष बुद्ध सिं तामाङ्गले बताए ।
यो बर्षको बजेटमा यस्तै किसिमको सामग्रीहरु वितरण गर्न सकेका छौं सुत्केरी महिलाको आवश्यक्ता के हो गर्भवती महिलाको आवश्यक्ता के हो हामीलाई पुर्ण रुपमा थाहा नहुन सक्छ के गर्दा राम्रो हुन्छ सल्हाह सुझाव दिनु होला तपाईहरुको साथ सहयोग र सल्हाह सुझाव अनुसार अगाडी बढ्ने वडाध्यक्ष तामाङले प्रतिवद्धता जनाए ।