- खबर ट्वीट सहकर्मी

दिङ्ला– भोजपुरमा ५ जनामा कोरोनो संक्रमण देखिएको छ । गएको १३ गते सुनौली नाकाहुदै आएका ४० जना, ४ जना सुरक्षाकर्मी र २ जना स्थानियको पीसिआर विधिमा ५ जनामा कोरोना पोजिटिभ देखिएको छ । भारतदेखि गत १३ गते सुनौली नाकाहुदै आएका षडानन्द नगरपालिकाका ५ जनामा कोरोना पोजेटिभ देखिएको हो । उनिहरुलाई सुनौलि नाका बाट उद्दार गरिएको थियो । संक्रमित देखिएका १७, १९, २९, ३० र ३२ बर्षिय सबै पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।


सक्रमित हुने सवैजना जेठ १३ गते सुनौली नाकाहुदै भोजपुर आएका थिए । प्रदेश सरकारले संक्रमण देखिए पनि विरामी नभएकालाई कोरोना विशेस अस्पतालमा नपठाउनु भनेकाले उनिहरुलाई व्यवस्थापन गर्ने विषयमा छलफल भईरहेको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए । भारतबाट आएका सवै जनालाई अरुण गाउँपालिका स्थित जरायोटारमा होल्डिङ सेन्टर राखिएको थियो ।

तपाईको प्रतिक्रिया