दिङ्ला– लक्ष्मी लघुवित्त दिङ्ला शाखाले षडानन्द नगरपालिकालाई आर्थिक सहयोग गरेको छ । विश्व माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकालाई दश हजार रुपैंया सहयोग प्रदान गरेको हो ।


मंगलबार शाखा प्रबन्धक शम्भु दाहालले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम वस्नेतलाई चेक हस्तारण गरेका हुन् । शाखाले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगैत कोरोना विरुद्धको लडाईमा ऐक्यबद्धता जनाउन र नगरपालिकालाई पहिलो पटक आफ्नो संस्थाद्धारा आर्थिक सहयोग गर्न पाएकोमा निकै खुशी लागेको शाखा प्रबन्धक शम्भु दाहालले बताए ।

नगरपालिकामा अन्य व्यक्तिगत तथा संस्थागत अन्य जिन्सि सामानहरु सहयोग भएको तर आर्थिक सहयोग अहिले सम्म कसैबाट पनि नभएकोमा लक्ष्मी लघुवित्त संस्थाले पहिलो सहयोग गरेकोमा प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम वस्नेतले धन्यवाद प्रदान गरेको थिए । अन्य सामाजिक संघ संस्थाहरुले पनि यसरीनै सहयोग गरे यस माहामारी संग लड्न नगरपालिकालाई सहज हुने समेत वस्नेतले बताए ।

लक्ष्मी लघुवित्त वित्तिय संंस्थाले अहिले सम्म प्रत्येक प्रदेशमा २ लाखको दरले र ७२ ओटा शाखाहरु रहेको स्थानीय तहमा १० हजार गरेर करिब संस्थाले २१ लाख बराबरको आर्थिक सहयोग गरेको शाखाका प्रबन्धक दाहालले बताए ।

तपाईको प्रतिक्रिया