संखुवासभा- संखुवासभामा भान्जीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। खाँदबारी नगरपालिका घर भएकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २६ बर्से युवालाई खाँदबारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।

ती युवाले पटक पटक किशोरीलाई जबर्जस्तीकरणी गर्दै आएका खुलेको छ। साल्पासिलिछो गाउँपालिका मामाघर गएको अवस्थामा ती युवाले पटक-पटक जबरजस्ती करणी गरेका पीडितका आफन्तले उजुरी दिएका राईले बताए।

खाँदबारीबाट पक्राउ परेका उनलाई बिहीबार नै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको राईले बताए। ती किशोरीको ५ महिनाको गर्भसमेत बसिसकेको इन्स्पेक्टर राईले जनाए।

तपाईको प्रतिक्रिया