दिङ्ला– भोजपुरको षडानन्द नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाईनमा योगाभ्यास सञ्चालन भएको छ । अरुण माध्यमिक विद्यालय र गान्दभ मेमोरियल अस्पतालमा भएको क्वारेन्टाईनमा दिङ्ला आर्युवेद औषाधालय र षडानन्द नगरपालिकाको सहकार्यमा योगा सञ्चालन भएको हो ।

जेष्ठको २४ गते देखि सुरु भएको योगा अश्यासमा २३ जना सहभागी रहेको दिङ्ला आर्युवेद औषाधालयका प्रमुख प्रमोद शाहले जानकारी दिए । विहानको सययमा दुवै क्वारेन्टाईनमा ११ घण्टा योगा सञ्चालन भईरहेको प्रशिक्षक शाहले जानकारी दिए ।

योगा सञ्चालन भएपछि योगाभ्यासमा सहभागीले खुशी व्यक्त गरेकाछन् । बन्द कोठामा बस्दा बस्दा दिक्क लाग्थ्यो शरिर वोदो भएको थियो योगा अभ्यासले योगा अभ्यास गरेपछि शरिर चंगा भएको क्वारेन्टाईनमा वसिरहेका कुमार बुढाथोकीले अनुभव सुनाए ।

क्वारेन्टाईनमा वस्ने सर्वसाधारणको शारिरीक र मानशिक स्वास्थ्यलाई ख्यालमा राख्दै आयुर्वेदसँगको सहकार्यमा योगाअध्यास शुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश विक्रम वस्नेतले वताए ।

तपाईको प्रतिक्रिया