दिंला- भोजपुरको षडानन्द नगरपालिका ३ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको ट्याम्के मैयुङ गाँउपालिका १ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० बर्षिया छोरी कृतिका राउतको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दिंलाले जनाएको छ ।

मामली घर आएकी बालिकाको दिउँसो ४ बजेतिर खेतमा रोपाई भईरहेको समयमा भीषण बर्षा सँगै परेको चट्याङ्ले लागेको थियो । चट्याङ् लागेर गम्भीर घाईते भएकी बालिकाको उपचारको क्रममा स्थानिय स्वस्थ्य चौकीमा लाने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

बालिकाको शवलाई भोलि उनका अभिभावक आएपछि कानुनी प्रक्रिया पूरा गरि पोष्टमार्टमकालागि पठाईने खतिवडाले वताए ।

तपाईको प्रतिक्रिया