सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको मंगलबार बिहान निधन भएको छ । क्यान्सर रोगबाट ग्रस्त रहेका शेर्पाको गाउँपालिका वडा २ लुक्लास्थित घरमा निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्द इवा लिम्बूका अनुसार घरैमा आराम गरिरहेका उनको बिहान निधन भएको हो । जातीय संस्कार सकेर उनको तीन दिनपछि अन्तिम संस्कार गरिने भएको छ ।

क्यान्सरबाट पीडित ३९ वर्षीय शेर्पाले काठमाडौंस्थित निदान अस्पतालमा उपचार गराइरहेका थिए । उनी केही समययता घर फर्केर आराम गरिरहेका थिए । उनी तत्कालीन नेकपा एमालेबाट उम्मेवार भइ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया