विराटनगर- भोजपुरको षडानन्द नगरपालिकामा पेस्तोल र विस्फोटक पदार्थ भेटिएको छ । नगरपालिकाको वडा नम्बर–२ कुदाकाउलेको ताबुमा ती पदार्थ फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय दिङलाको टोलीले उक्त स्थानमा रहेको बाँदर रुंग्न बनाइएको टहरोमा ती हात हतियार फेला पारेको हो । प्रहरीले एउटा कटुवा पेस्तोल, एउटा सकेट बम र दुईवटा डेटोनेटर फेला परेको जनाएको छ ।

प्रहरीले हातहतियार फेलापारेको सम्वन्धमा अनुसन्धान भईरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया