दिंला- ६ महिना अघि घर छोडेर हिनेका भोजपुरको षडानन्द नगरपालिकाका- ७ का १४ बर्षिय बालक टेक बहादुर श्रेष्ठ मृत फेला परेकाछन् । उनि षडानन्द नगरपालिका-११ झ्याउपोखरीमा टाँकीको बोटमा झुण्डिएको अवस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यालय दिंलाले जनाएको छ ।

मृतक बालक षडानन्द नगरपालिकाका- ७ का मान बहादुर श्रेष्ठका छोरा रहेको प्रहरीले जनाएको छ । मृतक बालक षडानन्द नगरपालिका- ११ झ्याउपोखरीका तोत्र ब. घले को घर मा बस्दै आएको बुझिएको छ । बालकले शनिवार विहान घर जान्छु भनेर हिडेको केहि समय पछि घर देखि २ सय मिटर तल झुन्डिएको अबस्थामा भेटेको घलेको परिवारले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानवाट बालकले आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । शवलाई पोस्टमार्टमको लागि खाँदबारी पठाईएको र घटनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दिंलाका प्रमुख तथा प्रहरी निरिक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया