संखुवासभा- संखुवासभाको मकालु गाउँपालिकाको वडा नम्वर २ र ५ नम्बर वडा जोड्ने अरुण नदीमा थुनिएको पहिरो बग्न थालेको छ। आइतबार बिहान अविरल बर्षाका कारण झरेको पहिरो बेलुका देखि खुल्न थालेको प्रहरीले जनाएको छ ।

पहिरोबाट प्रकाश राईको परिवारका ७ जना विस्थापित भएका छन्। ५ सय मिटरमाथि बाट पहिरो खसेको पहिरोबाट जमेको ड्याम अहिले क्रमशः खुल्दै गएपछि तटीय क्षेत्रमा जोखिम कम हुँदै गएको संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले बताए। पहिरोले अरुण नदी थुनिँदा करिब ३ सय मिटर पानी जमेर ड्याम बनेको थियो। आइतबार बिहान मकालु गाउँपालिका–२ र ५ को बीचमा पर्ने कास्वा र अरुण नदी मिसिने ओयाङस्थित दोभानमा पहिरो खसेर थुनिएको थियो।

पहिरोले नदि थुनिएपछि अरुण नदिले छुने संखुवासभा, भोजपुर र धनकुटाका स्थानीय प्रशासनले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेका थिए ।

तपाईको प्रतिक्रिया