दिंला- भोजपुरको षडानन्द नगरपालिकाको वडा नम्वर- ६ का जनप्रतिनिधिले आँफुले पाउने सेवा सुविधा कटाएर वडाका विपन्न परिवारलाई राहत वितरण गरेका छन् । वडाका ७८ विपन्न घर परिवारलाई राहत वितरण गरिएको वडाध्यक्ष सुजन राईले खवरट्वीटलाई जानकारी दिए ।

लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई  पदाधिकारीहरुको निर्णयवाट ६० हजार वरावरको राहत वितरण गरिएको वडाध्यक्ष राईले वताए । वडाका जनप्रतिनिधिहरु वडाध्यक्ष राईका साथै कार्यपालिका सदस्य मीना विष्ट, वडा सदस्यहरु कुमार कटवाल, भवानी शंकर लम्साल र रीता विशुन्केले उनिहरुलाई चामल, नुन र तेल वितरण गरेका हुन् ।

यस अघि नगरपालिकाले वडाका १ सय १६ घर परिवारलाई राहत वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया