काठमाडौँ- काभ्रेको रोशी गाँउपालिकामा गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बुद्धचित्तको माला लुटपाट गर्न आएको समू्हले गोली चलाएको हो ।

बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चल्दा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले बताए । उनले भने, ‘घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार हुँदैछ ।’

एसपी पौडेलका अनुसार काभ्रेको रोशी गाउँपालिका सिपालीमा सोमरानी तामाङ र विरबहादुर लामाको बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चलेको हो ।

काभ्रेका डीएसपी कुमार विक्रम थापाले बम राखेर बाटो अवरोध रहेको कारण प्रहरी घटनास्थलमा नपुगेको बताए । उनले भने, ‘अवरोध रहेको बाटो पन्छाउँदै घटनास्थल जाँदैछु । करिब एक घण्टा लाग्छ ।’

मध्यराति भएका घटनामा संलग्न केहीको पहिचान भइसकेको प्रहरकिो दावी छ । थप विवरण आउन बाँकी ।

बिहीबार मध्यराती हतियारसहित आएको लुटेरा समूहले रोशी गाउँपालिका–३ सिपालीका वीरबहादुर तामाङको घरमा जडान गरिएको सीसीटिभी क्यामेरा तोडेर ९० लाख बराबरको बुद्धचित्तको दाना लुटेको प्रहरीले जनाएको छ ।

वीरबहादुरको घरको ढोका फोरी निगरानीका लागि राखिएको सीसीटीभी क्यामेरा तोडेर बुद्धचित्तको दाना लुटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी कुमार विक्रम थापाले जानकारी दिए ।

अत्याधुनिक हतियारसहित लुट्न आएका उनीहरुले बाटोमा खतरा लेखेर सवारीसाधन समेत चल्न दिएका थिएनन् । ‘एसएमजी बन्दुक, पेस्तोल, कटुवा बन्दुक, सकेट बमसहित उनीहरुले बाटोमा खतरा लेखेर यातायातका साधन चल्न दिएका थिएनन्,’ डीएसपी थापाले भने ।

डीएसपी थापा भन्छन्, ‘प्रहरी बिहान घटनास्थल जाँदा अवरोध नै अवरोध थियो । बाटो पन्छाउँदै घटनास्थल पुगेका हौं ।’ लुटेराहरु बुद्धचित्तसहित भाग्न सफल भएका छन् ।

हतियारसहित आएको लुटेरा समूहले बुद्धचित्तको रुखको सुरक्षाको लागि कुरेर बसेको ५ जनालाई आक्रमण गरेर समेत घाइेत बनाएको डीएसपी थापाले बताए ।

वीरबहादुरले उक्त रुखमा रहेको बुद्धचित्तको दाना स्थानीय व्यापारीलाई ९० लाखमा बेचिसकेका थिए । डीएसपी थापाकै कमाण्डमा रहेको टोलीले लुटेराहरुको समूहलाई खोजिरहेको छ ।

तपाईको प्रतिक्रिया