संखुवासभा- संखुवासभाका प्रविण शेर्पाले शिखर ईन्सुरेन्स खाँदबारी शाखावाट १ करोड १८ लाख क्षतिपुर्ति पाएका छन् । उनको शेर्पा स्टोर तुम्लिङ्गटारमा ६ महिना अघि आगलागि भई क्षति भएकोमा विमा वापतको रकम प्राप्त गरेका हुन् ।

शिखरले तुम्लिङ्गटारमा रहेको शेर्पा स्टोरमा ६ महिना अघि भएको आगलागीका संचालक प्रविण शेर्पालाई १ करोड १८ लाख ६५ हजार ६ सय १६ र सवारी साधन दुर्घटनामा परेको परिवार र संचालक राजनारायण लिम्बुलाई पनि ६३ लाख २५ हजार उपलव्ध गराएको छ । आज खाँदबारीमा आयोजित कार्यक्रममा शेर्पालाई र लिम्बुका साथै ज्यानगुमाउनेका परिवारलाई २६ लाख २५ हजार हस्तान्तरण गरिएको शाखा प्रवन्धक मञ्जला श्रेष्ठले बताईन् ।

उक्त रकम संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष युवराज शाक्य, चेम्बर अफ कर्मशका अध्यक्ष सुमन श्रेष्ठ, नेविल बैकका प्रवन्धक सन्तोष विमली, सानिमा बैकका प्रवन्धक मेदन बस्नेत लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको हो। संखुवासभामा ईन्सुरेन्स कम्पनीबाट ठुलो रकम दावी भुक्तानी भएको यो पहिलो भएको प्रवन्धक श्रेष्ठले बताईन् ।

सवारी दुर्घटनामा परि ज्यान गुमाएका ६ जनाको भने जिल्ला प्रशासन कार्यालयमा रकम हस्तान्तरण गरिएको छ । उक्त रकम प्रमुख जिल्ला अधिकारी जीवन आचार्यलाई प्रवन्धक श्रेष्ठले हस्तान्तरण गरेकीहुन् ।

तपाईको प्रतिक्रिया