भोजपुर- भोजपुरमा विद्युत सर्ट भई आगलागी हुँदा १७ लाख वरावरको क्षति भएको छ ।

आइतवार दिउँसो १ः३० बजे तिरअरुण गाँउपालिका वडा नं-३ खुकुम्बु स्थित कर्ण बहादुर कार्कीको घरमा एक्कासी विद्युत सर्ट भई आगलागी हुँदा सो क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आगलागीमा परि घरमा सुतिरहेकी कार्कीकी नानिनी विष्णुमाया पाण्डे घाइते भएकी छिन् । बालिकालाई प्याउली स्वास्थ्य चौकी बाट प्रारम्भिक उपचार पश्चाहत थप उपचारार्थ धरान रिफर गरीएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी प्रदिपलामाले जानकारी दिए । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया