भोजपुर,१४ असार – भोजपुरमा प्रहरीले बेवारिसे अवस्थामा २ वटा सकेटवम फेला पारेको छ । उत्तरी साल्पासिलिछो गाँउपालिका वडा नम्वर ६ मा प्रहरी चौकी दोभाने बाट खटिएको गस्ती टोलीले शनिवार बम फेला पारेको हो ।

प्रहरीले शंका लागेर खोजी गर्दा बेवारिसे अवस्थामा सकेट बम फेला पारेको जनाएको छ ।सकेट बम प्रहरीले कानुनि प्रकृया पूरा गरि सुरक्षितसाथ राखेको र निष्क्रिय गर्न नेपाली सेना सँग समन्वय भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी तथा प्रहरी निरिक्षक प्रदिप लामाले जानकारी दिए ।

बम फेला परेको अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया