भोजपुर, १४ असार- भोजपुरमा आईतवार आगलागीमा परि घाईते भएकी ३ बर्षीया बालिका विष्णुमाया पाण्डेको मृत्यु भएको छ । उनको उपचारको लागि धरान लग्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

बालिकालाई प्याउली स्वास्थ्य चौकी बाट प्रारम्भिक उपचार पश्‍चात थप उपचाराको लागि धरान रिफर गरीएको थियो । बालिकाको स्वास्थ्य अवस्था गम्भीर भएकोले तत्काल जिल्ला अस्पताल धनकुटामा उपचारको लागि लग्दा अस्पतालको चिकित्सकले बेलुका ७ः३५ बजेको मृत घोषणा गरेको  प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी प्रदिप लामाले जानकारी दिए । ।

बालिका आइतवार दिउँसो १ः३० बजे तिरअरुण गाँउपालिका वडा नम्वर ३ खुकुम्बु स्थित कर्ण बहादुर कार्कीको घरमा एक्कासी विद्युत सर्ट भई आगलागी हुँदा बालिका घाईते भएकी थिईन् । आगोलागिमा परि १७ लाख बरावरको भौतिक क्षति पनि भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया