संखुवासभा- संखुवासभाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संखुवासभाको पिलुवा क्वारेन्टिनमा बसेका उनिहरुमा पीसीआर परिक्षण गर्दा स्वास्थ्य कार्यालय संखुवासभाका अनुसार उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरु केही दिनअघि भारत, कुबेत र साउदीबाट आएका हुन् । स्वासथ्य कार्यालयका सूचना अधिकारी रोशन श्रेष्ठका अनुसार चैनपुर नगरपालिकाका २ जना र धर्मदेवी नगरपालिकाका १ जना हुन् । उनीहरु पुरुष हुन् । कोसी अस्पताल विराटनगरमा स्वाव परिक्षण गरिएको स्वास्थ्य कार्यालयले जनायो ।

विदेशबाट आएपछि उनीहरु पिलुवामा भएको क्वारेन्टिनमै बस्दै आएका थिए । यसअघि भारतबाट आएका खाँदबारी र पाचखपनका २ युवालाई संक्रमण देखिएको थियो । उनीहरु उपचार पछि घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया