भोजपुर- नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि भोजपुरले पार्टी एकतालाई मजबुद बनाएर विवेकपूर्ण निर्णय लिई अघि बढ्न केन्द्रिय नेतृत्वलाई ध्यानकर्षण गराएको छ ।

एक विज्ञप्ती जारी गर्दै केन्द्रको स्थायी कमिटिको बैठक मार्फत सृजना भएको पार्टी भित्रको विवादले पार्टीपंक्ति शुभचिन्तक तथा आम नागरिकमा चिन्ता उत्पन्न भएकोले पार्टी एकतालाई सुढृद बनाएर अघि बढ्न लागि ध्यानकर्षण गराएको हो ।

केन्द्रिय सदस्य तथा भोजपुर जिल्ला कमिटि ईन्चार्ज सुदन किराँती,केन्द्रिय सदस्य तथा भोजपुर जिल्ला कमिटि सह ईन्चार्ज हरि राई, जिल्ला कमिटि अध्यक्ष प्रेम कुमार राई र जिल्ला कमिटि सचिव विमल खडका द्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा पार्टी एकताले जनतामा आशा भरोसा बढि रहेको अवस्थामा उच्च तहका नेताहरुमा देखिएको किचलोले समस्या उत्पन्न हुने भन्दै पार्टीका शिर्ष नेताहरुलाई विवेकपूर्ण निर्णय लिन आग्रह गरिएको छ ।

विज्ञप्ति मार्फत पार्टी नेतृत्वलाई उत्तेजित पार्नेगरि कार्यकर्तावाट सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएका अभिव्यक्ति निन्दनीय रहेको र त्यस्ता अभिव्यक्तिले पार्टी एकताको मुलमर्ममा आघात पुर्याउने हुँदा त्यस्तो क्रियाकलाप नगर्नको लागि पनि आग्रह गरिएको छ ।विज्ञप्ती:

तपाईको प्रतिक्रिया