भोजपुर,२० असार- भोजपुरे चर्चित गायिकाहरु कला राई र बर्त गन्दर्भको स्वरमा रहेको हामी त हजुर भोजपुरे चेली हो…वोलको गीत सार्वजानिक भएको छ ।

भोजपुरको धार्मिक तथा पर्यटकीय स्थलहरु दिङ्गला, घोडेटार, ट्याम्के, सिलिचुङ्ग लगायतका क्षेत्रलाई समेटिएको गीत शुक्रवार सार्वजानिक भएको हो । गीतमा दिङ्गलाको रुद्राक्ष, ट्याम्के, सिलिचुङ्ग क्षेत्रको गुराँसको महिमा गाईएको छ ।

गीतको भिडियोमा भोजपुरका पर्यटकीय स्थलहरु दिङ्गला, घोडेटार, ट्याम्के, सिलिचुङ्ग लगायतका स्थलको मनोरम दृष्यको साथै अरुण नदिमा सञ्चालनमा रहेको मोटरवोटलाई पनि आकर्षक ठङ्गले प्रस्तुत गरिएको छ ।

गीतमा शव्द विमल खेवाछाली शुलभको शव्द , मनोज साम्सोङ्ग राईको लय तथा सँगीत संयोजन रहेको भिडियोलाई जस्केलो क्रिएसनले तयार गरेको हो । भिडियोः

तपाईको प्रतिक्रिया