भोजपुर,२२ असार- विप्लव समुहका भोजपुर पूर्व जिल्ला सेक्रेटरी मोहन राई (मादेन) पक्राउ परेका छन् । राईलाई ट्याम्केमैयुंग गाउँपालिका वडा नम्बर ८ खनियाखर्कवाट सोमवार पक्राउ गरेको भोजपुर प्रहरीले जनाएको छ ।

पक्राउ परेका राई संगठित अपराध तथा विष्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दामा सलग्नभई फरार रहेको प्रहरीले जनाएको छ । राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरवाट खटिएकोटोलिले लुकेर वसेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका राईको वारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी प्रदिप लामाले वताए ।

तपाईको प्रतिक्रिया