दिङ्ला, २५ असार– योगमाया आयुर्वेद विश्वविद्यालयको जग्गा व्यवस्थापनको निमित्त भोजपुरको षडानन्द नगरपालिकामा कार्यदल गठन गरिएको छ । आज एक औपचारिक कार्यक्रमका विच योगमाया विश्वविद्यालय संघर्ष समितिका संयोजक दिल कुमार राईको संयोजकत्वमा ९ सदस्यिय जग्गा छनौट कार्यदल गठन गरिएको हो ।

कार्यदलको सदस्यहरुमा रामेश्वर भण्डारी, सुजन राई, बुद्धसिं तामा‌‌ङ्ग, विनेश राई, शंकर कुमार कार्की,यंगराज राई, राजु बस्नेत र भीम तामाङ्ग रहेका छन् । जग्गा व्यवस्थापनको लागि ६ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । भोजपुरका संघिय सांसद सुदन किराँती, प्रदेश सांसद राजेन्द्र राई, षडानन्द नगरपालिकाका मेयर विरवल राई, उपमेयर मेरिका राई, पुर्व सांसद नरेन्द्र बस्नेत र षडानन्द सिताराम गुठिका अध्यक्ष कृष्ण प्रसाद पौडेल सहितको सल्लाहकार समिति गठन गरिएको हो ।

विगत सात बर्षदेखि अभियानको रुपमा थालिएको योगमाया विश्वबिद्यालयको लागि ३ दिन भिबै जग्गा व्यवस्थापन गराउनु पर्ने भएको छ । योगमाया विश्व बिद्यालयका जग्गा खोज कार्यदल सदस्य भविन्द्र अधिकारीले चाँडो भन्दा चाँडो जग्गा व्यवस्थापन हुनुपर्ने वताए ।

२०७० साल देखि निरन्तर संघर्षमा रहेको यो अभियानलाई सफल बनाउनु छिटो भन्दा छिटो जग्गा उपलब्ध गराउन नसके यस क्षेत्रमा विश्वविद्यालय नवन्ने शंकेत गरे । विश्व बिद्यालयका लागि यातायात, विद्युत र सञ्चार जस्ता सुविधा पुगेको ठाउँ उपयुक्त हुने र सरकारी जग्गा तथा नापि भएको जग्गाले प्राथमिकता पाउने अधिकारीले वताए ।

गुठी तथा सामुदायीक बन तथा विवाद रहेको जग्गा तथा दावी विरोध गर्ने खालका जग्गाहरु भएमा विश्वबिद्यालयका लागि उपयुक्त नहुने योगमाया विश्व बिद्यालय जग्गा खोज कार्यदल सदस्य निनु चापागाईले बताए । योगमाया विश्व बिद्यालयको जग्गाको लागि केन्द्रिय सरकार र प्रदेश सरकारले लगानी नगर्ने र स्थानीय तह तथा दान दाताहरुले व्यवस्थापन गर्नु पर्ने समेत चापागाईले स्पष्ट पारेका थिए ।

कार्यक्रममा योगमाया विश्व बिद्यालयका जग्गा खोज कार्यदल सदस्यले अन्तिम समयमा जग्गा व्यवस्थापनको लागि ताकेता गरेको भन्दै राजनीतिक दलका प्रतिनिधि, उपमेयर र संघिय सांसद सुधन किराँतीले आक्रोश पोखे । उनिहरुले योगमाया विश्व बिद्यालयका जग्गा खोज कार्यदललाई लक्षित गर्दै जग्गा व्यवस्थापनको लागि छोटो समय दिएर सुनियोजित तवरले विश्वविद्यालय अर्को स्थानमा स्थापना गर्न लागेको आरोप लगाए ।

कार्यक्रमका प्रमुख अतिथिले किराँतीले जग्गा व्यवस्थापनको लागि ३ दिन समय छोटो भएको भन्दै आक्रोस व्यक्त गरे। उनले १ सय ५० रोपनी भन्दा धेरै जग्गा एकै ठाँउमा ३ दिन भित्रमा व्यवस्थापन गर्न असम्भव भन्दै यस क्षेत्रमा विश्वविद्यालय नवनाउने चलखेल भएको शंका व्यक्त गरे । किराँतीले भने विश्वविद्यालय जहाँ वनोस समस्याको कुरा होईन तर जनताहरुलाई किन वनेर भनेर बुझाउने समय पाउनु पर्छ ।

कार्यक्रमका अध्यक्ष तथा षडानन्द नगरपालिकाका मेयर विरबल राईले नगरपालिकामा पर्याप्त जग्गा व्यवस्थापन गर्न सकिने वताए । उनले भने धेरै ठाँउवाट जग्गा दान गर्ने वचन आईसकेको हुँदा १५ सय रोपानी जग्गा उपलब्ध गराउन सक्छौं ।

तपाईको प्रतिक्रिया