संखुवासभा- कोरोना भाइरसका कारण देशभरका विद्यालयहरुमा पठन पाठन ठप्प भएपनि संखुवासभाको मनकामना रत्न अम्विका माध्यमिक विद्यालयका शिक्षकले टोल टोलमा पुगरे पढाईलाई निरन्तरता दिइरहेको छ । विद्यालयले शिक्षकहरुलाई टोल टोलमा खटाएर पढाई सुचारु गरेको प्रधानाध्यापक कुबेर प्रसाद भेटुवालले वताए ।

विद्यालयले कोरोना भाईसरको संटकमा पनि विभिन्न माध्यमबाट कक्षा संचालन गर्दे सिकाईलाई तिब्रता दिइरहेको छ । मनकामना विद्यालयमा कक्षा नर्सरी देखि कक्षा १० सम्म ८ सय ४८ जना विद्यार्थीले विद्यमालयबाट पाठ्य पुस्तक बुझिसेकाक छन् । पाठ्य पुस्तक बुझ्ने विद्यार्थीका अभिभावकको मोबाइल नम्बर तथा अन्य सम्पूर्ण जानकारी विद्यालयमा लिइ शिक्षण शिकाईलाई अधिक्तम रुपमा टोल टोलमा सहजिकरण गरिरहेको विद्यालयले जनाएको छ ।

शिक्षक नभएको टोलमा माथिल्लो कक्षाका विद्यार्थी र मोबाइल मार्फत सहजिकरण गरिएको र माथिल्ला कक्षा –८,९ र १० का लागि रेडियो संखुवासभा मार्फत मुख्य विषयहरु अग्रेजी ,विज्ञान, गणित र नेपाली रेडियो पाठ प्रशारण भइरेहको विद्यालयका प्रअ भेटुवालले बताए।

मोबाइल शिक्षण सहजिकरण गर्दा विद्यार्थीको अवस्था सोध्नुका साथै पाठ्य पुस्तकका बारेमा कुराकानी हुने र नेपाल टेलिभिजन तथा डिस्होम मार्फत प्रशारण भइरहेका श्रब्य द्रिष्य पाठहरु हेर्ने र सुन्न सुझाव दिने गरिएको विद्यालयका शिक्षक अनन्त मोक्तानले बताए । मोबाइल सहजिकरणका लागि विद्यालयले आधारभूत तहका २० जना शिक्षकहरुलाई मासिक ५ सयको रिर्चाज को ब्यवस्था गरेको विद्यालयका प्रअ भेटुवालले बताए ।

यति हुदाँ हुदै पनि केही टोल र गाउँहरुमा अझै सहजिकरण गर्ने नसकिएको भोजपुर, पाँचखपन तर्फका विद्यार्थीहरुलाई शिक्षण साहयता गर्ने कठिन भएको विद्यालयका प्रअ बताउछन् । सेवा पु¥याउन नसकिएको टोलका पढेलेखेका अभिभावकहरुलाई यस संकटमा शिकाई सहजिकरण गरि आफ्ना छरछिमेकका भाइबहिनीहरुलाई सहयोग पु¥याउन आह्वान गरिएको विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष देबेन्द्र घिमिरेले बताए ।

तपाईको प्रतिक्रिया