संखुवासभा-  संखुवासभाको धर्मदेवी नगरपालिका–९ मुलगाउँमा मृत भेटिएकी ५० वर्षीया मनमाया जिमीको हत्याको आरोपमा उनकी नन्द कुमारी जिमी पक्राउ परेकी छिन् । प्रहरीले उनलाई शुक्रबार मनमायाको हत्याको आरोपमा पक्राउ गरेको डीएसपी नवराज मल्लले बताए ।

बुधबार साँझ घाँस काट्न गएकी मनमाया बिहीबार मृत अवस्थामा जंगलमा भेटिएकी थिइन् । उनको हत्या विभत्स र क्रुर तरिकाले भएको प्रहरीले जनाएको छ । मृतक जिमीलाई पटकपटक धारिलो हतियार प्रहार भएको प्रारम्भीक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

कुमारी जिमीसँगै प्रहरीले घटनामा संलग्न भएको आशंकामा अन्य केही व्यक्तिलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको डीएसपी मल्लले बताए ।

तपाईको प्रतिक्रिया