दिङ्ला, २८ असार – भारी बर्षातका कारण शनिबार राती पहिरो खस्दा भोजपुरको षडानन्द नगरपालिकामा १० घर जोख्खिममा परेका छन् । पहिरोका कारण वडा नं ८ का ५ घर र वडा नं. ७ को एक विस्थापित भएका छन् । बाँकी ४ घरमा आंशिक क्षति भएको छ ।

पहिरोका कारण १० घर जोख्खिममा पर्दा एक करोड भन्दा बढीको क्षति भएको ईलाका प्रहरी कार्यलय दिङ्लाका प्रहरी निरिक्षक भाष्कर खतिवडाले जानकारी दिए । शनिबार राति भारि बर्षा हुँदा षडानन्द नगरपालिकाको वडा नं४, ६ , ७ र ८ मा क्षति पु¥याएको छ । वडा नं. ७ मा २ घर , वडा नं. ८ मा ५ घर र वडा नं. ४ मा रहेको मालपोत कार्यलय रहेको घर र ईलाका प्रशासन कार्यालय रहेको घर जोख्खिम मा रहेका छन् । वडा न ६ मा एक घर जोख्खिममा रहेको प्रहरीले जनाएको छ । इलाका प्रशासन कार्यालय र मालपोत कार्यालय रहेको घर आंसिक क्षति परेको छ भने वडा नं. ७ मा रहेको धर्मराज चौहानको घर पहिरो संगै लडेको रुखले किचिँदा पुर्ण रुपमा क्षति भएको छ ।

षडानन्द नगरपालिका वडा नं. ८ मा पर्ने शनिबारे हाटडाँडाका ५ घर पुर्ण जोख्खिममा रहेका छन् । शनिबार बजार लाग्ने आसपास पनि ठुला ठुला बरको रुख रहेको र पहिरोको जोख्खिममा रहेको छ । जोख्खिममा रहेका घरहरुको सामान र मानिसहरुलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिएको षडानन्द नगरपालिकाकी उप–प्रमुख मेरिका राईले बताईन् ।

तपाईको प्रतिक्रिया