दिंला- भोजपुरको उत्तरी व्यपारीक केन्द्र दिंला बजार सतिघाट सडक खण्ड ठेकेदारको लापर्वाहीका कारण अवरुद्ध भएको छ । दिंला सतिघाट सडक खण्डको षडानन्द नगरपालिका- ६ स्थित साल्माको गैरिवारीमा ठेक्का पाएको काश्यप निर्माण सेवाले समयमा मेसिनरिवाल निर्माण नगर्दापहिरो खसि अवरुद्ध भएको हो ।

मेसिनरी वाल वनाउनुपर्ने स्थामा केहि बर्ष अघि दिंला कुलुंग सडक निर्माणको क्रममा ग्याविन भरिएको थियो । त्यस ग्याविनलाई भत्काएर अलपत्र छोडेपछि भिषण बर्षा सँगै आएको पहिरोको कारण सडक अवरुद्ध भएको षडानन्द नगरपालिका ६ का वडाध्यक्ष सुजन राईले जानकारी दिए । ठेकेदारलाई मेशिनरी वाल निर्माण गर्नको लागि पटक पटक ताकेता गर्दा पनि अटेर गर्दा यस्तो समस्या आएको वडाध्यक्ष राईले वताए ।

सडक अवरुद्ध भएपछि यात्रु तथा यातायात व्यावसायी प्रत्यक्ष मारमा परेका छन् । सडक अवरुद्ध भएपछि आर्थिक बर्षको अन्तिम चरणमा निर्माण सामाग्री ढुवानी गर्न समस्या भएको निर्माण व्यावसायी रञ्जन विकले बताए । ठेकेदार कम्पनीले बर्षातको समस्या देखाउँदै आलटाल गर्दै अन्तिम समयमा आएर काम गर्न नसक्ने वताएको छ ।

तपाईको प्रतिक्रिया