दिंला, १ साउन- भोजपुरको षडानन्द नगरपालिकाले बाल कक्षामा कार्यरत शिक्षिकाहरुलाई २० हजार प्रोत्साहन भत्ता दिने नीति तथा कार्यक्रम ल्याएको छ । मंगलवार नगरपालिकाका मेयर विरवल राईले चौथो नगर सभामा आर्थिक वर्ष २०७७/०७८ को निती तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो वताएका हुन् ।

“गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार नगर निर्माणको आधार” भन्ने मूल नाराका साथ प्रस्तुत गरिएको शिक्षा नीतिमा बाल कक्षा दरवन्दीका सवै शिक्षकहरुलाई एक मुष्ठ बार्षिक २० हजारका दरले प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ । नीति तथा कार्यक्रममा यसै आर्थिक बर्षदेखि गरिने साथै सम्पूर्ण विद्यालयका कार्यालय सहयोगि पहिचान गरि उनिहरुलाई पनि प्रोत्साहन गरिने नीति अवलम्वन गरिने उल्लेख छ ।

नगरपालिकाले नीति तथा कार्यक्रममा शिक्षक, विद्यालयलाई पुरस्कार र सम्मान, ५-५ बर्षमा शिक्षकको सरुवा, अनाथ र टुहुरा बालबालिकालाई निःशुल्क शिक्षा, शैक्षिक सुधारका निम्ति भन्दै नीति तथा कार्यक्रममा शिक्षक दरवन्दी मिलान गरिने पनि उल्लेख गरिएको छ ।

नगरपालिकाको शिक्षा नीतिमा नगर क्षेत्रका माध्यमिक विद्यालयहरुमा यस बर्षवाट ई हाजिरीको व्यवस्था गरिने उल्लेख गरिएको छ । आधारभुत र माध्यमिक तहका शिक्षकहरुलाई पुनर्ताजकी तालिम, सामुदायिक सिकाई केन्द्रलाई प्रभावकारी व्यवस्थापन , निःशुल्क उच्च शिक्षा दिँदै आएको षडानन्द बहुमुखी क्यम्पसलाई दिईदै आएको सहयोग निरन्तर दिईने बुँदा पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

तपाईको प्रतिक्रिया