दिंला– भोजपुरको सवैभन्दा ठूलो स्थानिय निकाय षडानन्द नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ६८ करोड २९ लाख १५ हजार नौ सय साठी बराबरको बजेट प्रस्तुत गरेको छ । मंगलबार सम्पन्न चौथो नगरसभामा आर्थिक विनियोजन ऐन प्रस्तुत गर्दै नगरपालिका उपमेयर मेरिका राईले उक्त बजेट प्रतुत गरेकी हुन् ।

उप प्रमुख राईले आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरेको विनियोजन ऐनमा आगामी आर्थिक बर्षका लागि भौतिक पुर्वाधार तर्फ १ करोड, शिक्षामा ५२ लाख, कृषिमा ७० लाख, स्वास्थ्यमा ६६ लाख, महिला लक्षित कार्यक्रमका लागि १४ लाख ५० हजार विनियोजन गरिएको छ । त्यस्तै आदिवासी जनजाती लक्षित कार्यक्रमका लागि २१ लाख ५० हजार, खेलकुदमा ५ लाख, भेटनरीलाई २० लाख, बालबालिकाको निमित्त २ लाख, अपांग तथा ज्येष्ठको निमित्त २ लाख विनियोजन गरिएको छ ।

कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिईएको बजेटमा कोभिड १९ को निमित्त ३ लाख मात्र विनियोजन गरिएको छ भने एम्वुलेन्स खरिदको लागि १४ लाख विनियोजन गरिएको छ । बाँदरले वालीनाली नष्ठ गरेको कृषकहरुको गुनासो आईरहेको समयमा नगरपालिकाले बाँदर नियन्त्रणको निमित्त छुट्टै १४ लाख विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया