दिंला- निजि तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल षडानन्द नगर कमिटीले षडानन्द नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । निजि विद्यालयहरुको छाता सँगठनहरुको शुक्रवार देशव्यापी रुपमा ध्यानाकर्षण गराउने कार्यक्रम अनुसार ध्यानाकर्षण पत्र बुझाईएको प्याव्सन प्रदेश नम्वर एक सदस्य यंगराज राईले वताए ।

ध्यानाकर्षण पत्रमा निजि विद्यालयको छाता संगठनले कोभिड १९ को कारण सृजित समस्याको वारेमा सरकारलाई पटक पटक आग्रह गर्दा पनि ठोस निष्कर्ष नआएको उल्लेख गरिएको छ । पत्रमा विद्यालयहरुको दायित्व पुरा गरि आफ्ना शैक्षिक गतिविधिहरु सञ्चालन गर्न आर्थिक र नैतिकरुपले अफ्ठ्यारो परेको भन्दै सञ्चालनमा रहेका सिकाईका वैकल्पिक विधिहरु अर्को सूचना प्राप्त भएकोले सोहि अनुसार षडानन्द नगरपालिकामाका निजि विद्यालयहरुका सवै गतिविधिहरु वन्द रहने जनाईएको छ ।

पत्रमा ६ वुदे माग पनि राखिएको छ । फोकल पर्सन जिवन हिंगमांग द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरणको वातावरण सिर्जना गरिदिनुपर्ने, आलो पालो पठन पाठन गर्ने व्यवस्था मिलाईदिनुपर्ने, सार्वजानिक विदा र जाडो विदा लगायतका विदा कटौति गरि नयाँ शैक्षिक क्यालेण्डर निर्माण गरिनु पर्ने, ११ महिनाको शुल्क लिन पाउनुर्ने, शिक्षक कर्मचारीको तलवको लागि सहयोग हुनुपर्ने, घर जग्गा वहल कर र व्यावसायिक लगायतका कर छुट हुनुपर्ने लगायतका छन् ।

तपाईको प्रतिक्रिया