दिङ्ला- भोजपुरको षडानन्द नगरपालिका र साल्पासिलिछों गाँउपालिकावाट योगमाया आयुर्वेद विश्वविद्यालयको निम्ति ११ हजार ५ सय रोपनी जग्गा उपलव्ध हुने भएको छ । षडानन्द नगरपालिकाको वडा नम्वर १, ६ र १२ तथा साल्पासिलिछों गाउँपालिकाको वडा नम्वर १ वाट सो परिमाणको जग्गा उपलव्ध भएको जग्गा खोज कार्यदल भोजपुरका संयोजक दिल कुमार राईले जानकारी दिए ।

व्यक्तिको नाममा रहेको २ सय ११ वटा कित्तावाट १०२६ रोपनी ११ आना २ पैसा ३ दाम र ऐलेनी, सार्वजानिक तथा सामुदायिक वनको जग्गावाट १० हजार रोपनी जग्गा योगमाया आयुर्वेद विश्वविद्यालयलाई प्रयोग गर्न सकिने निश्कर्ष जग्गा खोज कार्यदलले निकालेको हो ।

प्राप्त भएका जग्गाहरुमा षडानन्द नगरपाकिला वडा नम्वर १ मझुवावेंशी र साल्पासिलिछों वडा नम्वर १ कुलुङ्ग (समाधि स्थल) मा २१ जनाको नाममा रहेको २२ कित्तावाट ९३ रोपनी ९ आना ३ पैसा , षडानन्द १ को सिम्ले मझुवावाट १२ जनाको नाममा रहेको १८ कित्तावाट ६५ रोपनी ८ आना, १ दाम , ३ पैसा जग्गा प्राप्त भएको छ । षडानन्द नगरापालिका ६को दुवेवाट २३ परिवारको ३३ कित्तावाट १७१ रोपनी, १३ आना, १ दाम र बाँझो, ऐलनी जग्गा सतिटार, मरुवा बेंशी, डुम्री भञ्ज्यांगवाट बाँझो खाली जग्गा ३ हजार रोपनी भन्दा वढि प्रयोग गर्न सकिने निश्कर्ष कार्यदलको छ ।

त्यस्तै षडानन्द ६ कै वट्टारवाट ८३ परिवारको १३८ कित्तावाट ६९५ रोपनी , १२ आना, १ पैसा, ३ दाम र सामुदायिक जंगल क्षेत्र भित्रको कित्ता नम्वर २३८ वाट ४०४१ रोपनी, १४ आना, २ पैसा, २ दाम जग्गा मध्येवाट २ हजार रोपनी प्रयोग गर्न सकिने छ भने षडानन्द १२ को तुर्केवाट ऐलानी र सामुदायिक वन क्षेत्रवाट कित्ता नम्वर ३१ र १५३ को ११८७१ रोपनी १४ आना १ पैसा मध्येवाट ५ हजार रोपनी जग्गा प्रयोग गर्न सकिने कार्यदलका संयोजक राईले जानकारी दिए । जग्गा प्राप्तिको लागि प्रत्यक्ष अवलोकन भेटघाट र फोनवार्ता विधि अपनाईएको कार्यदलले जनाएको छ ।

कार्यदलले षडानन्द नगरपालिकालाई ७ बुंदे सुझाव पनि दिएको छ । सुझावहरुमा केहि वासस्थान सार्नुपर्ने, केहिलाई मुअव्जा दिनुपर्ने, नगर र वडाले प्रस्तावित क्षेत्रहरुमा विद्युत, खानेपानी , सडक पुर्याउनुर्ने, विश्वविद्यालय स्थापना गर्ने कार्य जटिल भएकोले स्थानिय विभाग खडा गरेर अघि वढ्नुपर्ने, जनपरिचालन गर्नुपर्ने लगायतका छन् ।

योगमाया आयुर्वेद विश्वविद्यालय जग्गा खोज कार्यदल काठमाडौंका सदस्यहरु निरञ्जन चापागाईं र थाम प्रसाद अधिकारी समेतको उपस्थितिमा दिंलामा असार २५ गते वसेको बैठकले भोजपुरका सांसद सुदन किराती, पुर्व सांसद नरेन्द्र वस्नेत, नगर प्रमुख विरवल राई, उप प्रमुख मेरीका राई र सिताराम गुठी अध्यक्ष कृष्ण प्रसाद पौडेल सहितको जग्गा खोज तथा व्यवस्थापन कार्यदल सल्लाहकार समिति र दिलकुमार राईको संयोजकत्वमा रामेश्वर भण्डारी, यंगराज राई, राजु वस्नेत, विनेश राई, सुजन राई, बुद्ध सिं तामाङ्ग , शंकर कुमार कार्की र भिम तामाङ्ग सदस्य रहेको विश्वविद्यालयको लागि जग्गा खोज तथा व्यवस्थापन कार्यदल गठन गरेको थियो ।

कार्यदललाई विश्वविद्यालयको लागि ३ दिन भित्र अरुण उपत्यका आसपासमा जग्गा पत्ता लगाउनुपर्ने सयय सिमा दिईएको थियो । सोहि अनुरुप कार्यदलले प्रतिकुल मौषमका बावजुद समयसिमा भित्र यो परिणामको जग्गा खोज तथा व्यवस्थापन गरेको हो । जग्गा प्राप्तिको प्रतिवेदन स्थानिय कार्यदलले योगमाया आयुर्वेद विश्वविद्यालय जग्गा खोज कार्यदल काठमाडौंमा पठाई सकेको जनाएको छ ।

तपाईको प्रतिक्रिया