संखुवासभा- संखुवासभाको खाँदवारी नगरपालिका-९ ढुंगे विसौनीमा जीपले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक भोजपुरको षडानन्द नगरपालिका-८ का अम्वर तामाङ गम्भीर घाईते भएकाछन् ।

तुम्लिङटारवाट खाँदबारी जाँदै गरेको खाँदबारी नगरपालिकाको को १ झ ४८९ नम्बरको गाडिले खाँदबारीवाट तुम्लिङटार आउदै गरेको को ३५ प ५२७७ नम्बरको मोटरसाईकललाई दिउँसो ३ बजेतिर ठक्कर दिँदा मोटर साइकल चालक तामाङ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय खाँदवारीले जनाएको छ । घाइते तामाङ्को हात भाँचिएको र टाउको लगाएत शरिरको विभिन्न भागमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

घाइते तामाङको मनकामना हस्पिटल तुम्लिङटारमा उपचार भईरहेको र थप उपचारको लागि धरान पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया