संखुवासभा- नेपाल निर्माण व्यवसायी संघ संखुवासभाले सिलिचोङका पहिरो पीडितका लागि आर्थिक सहयोग गरेको छ। जिल्ला समन्वय समिति संखुवासभा मार्फत पहिरो पीडितलाई संघले ५० हजार ५० रुपैयाँ नगद सहयोग गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यलाई मंगलबार संघका अध्यक्ष कुलबहादुर श्रेष्ठ, महासचिव मिगुर शेर्पा र कोषाध्यक्ष सुवर्ण शाक्य लगायतका व्यवसायीले हस्तान्तरण गरे । विपतका बेला संघले गरेको सहयोगले पीडितलाई राहत मिल्ने अध्यक्ष श्रेष्ठले बताए । सिलिचोङ गाउँपालिका १ बेसिन्दा पहिरो पीडितलाई मध्यनजर गरेर जिल्ला समन्वय प्रमुखलाई हस्तान्तरण गरिएको महासचिव शेर्पाले बताए ।

समन्वय समितिका प्रमख शाक्यले सहयोग प्राप्त रकम सिलिचोङका विपद् व्यवस्थापन समितिसंग छलफल गरेर पीडित सम्म पु¥याउने प्रतिवद्धता दिए । असार २८ मा गएको पहिरोले संखुवासभाका सिलिचोङ गाउँपालिका १ बेसिन्दामा ११ जना बेपत्ता भएका छन् । ९ घर पहिरोले बगाएको थियो ।

तपाईको प्रतिक्रिया