ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका९२ स्थित बहानन्दे९दोभान सडकखण्डमा करेन्ट लागेर ट्याक्सी चालकको मुत्यु भएको छ । पाथीभरा याङ्वरक गाउँपालिका९१ नाङ्खोल्याङका २७ वर्षीय विकास सुनुवारको घटनास्थलमै मृत्यु भएको हो ।

सडकमा रोकिराखेको ट्रकमा छुँदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर ट्रक चालक पाँचथर हिलिहाङका ३५ वर्षीय अमृत श्रेष्ठ घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख महेन्द्र श्रेष्ठका अनुसार दोभान बजारबाट बिर्तामोडतर्फ जाँदै गरेको ट्रकमा विद्युत्को नांगो तारले छोएको थियो ।

ुछुनासाथ ट्रक चालक घाइते भएछन्, श्रेष्ठले भने, विपरित दिशाबाट गएको ट्याक्सीका चालकले राकिराखेको ट्रक देखेपछि ओर्लिएर हेर्ने क्रममा उनलाई पनि करेन्ट लागेछ ।

घाइते श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको छ । घटनाको थप अनुसन्धानका लागि प्रहरी खटिएको श्रेष्ठले बताए । घटनास्थल दोभान र हान्द्रुङ छुट्ने स्थान नजिकै पर्छ ।

तपाईको प्रतिक्रिया