धरान- धरान उपमहमानगरपालिका– ३ स्थित धरानको पालिका तरकारी बजारमा आज विहान भीषण आगलागी भएको छ । विहान करिब ५ बजेदेखि लागेको आगोलाई धरान उपमहानगरपालिकाको दमकल र स्थानीयबासीले नियन्पूर्ण रुपमा नियन्त्रणमा लिएका छन् ।

पालिका तरकारी बजारमा भएको आगलागीमा परेर ११ भन्दा बढी पसल जलेर नष्ट भएको स्थानीयले जनाएका छन् ।बजारको अघिल्लो भागमा रहेको कस्मेटिक पसल तथा फलफुल पसलको लाइनमा पूर्ण रुपमा क्षति पु¥याएको छ । फलफुल कस्मेटिक सामान जलेर नष्ट भएको छ । आगलागीको कारण भने खुल्न बाँकी छ ।

तपाईको प्रतिक्रिया