दिङ्ला– भोजपुरमा अविरल बर्षाका कारण आज बिहान आएको बाढीले एक घर बगाएको छ । बिहान करिब ६ तिर आएको वाछा खोलाको बाढीले षडानन्द नगरपालका वडा नं. ४ घलेगाउँ निवासी तुकराज घलेको घर बगाउँदा उनको श्रीमती साथै एक बर्षको छोरी समेत बगाएको हो । उनिहरु ३ जनालाई करिब ५० मिटर तल अलैंचि बारीमा पुरिएको अवस्थामा भेटिएर उद्धार गरिएको वडा नं. ४ का वडाध्यक्ष किशान राईले बताए ।

तिनै जनाको अवस्था गम्भिर रहेको र आवश्यक प्राथमिक उपचार दिङ्लामा गरि थप उपचारको लागि बाहिर पठाउने तयारी भईरहेको समेत अध्यक्ष राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया