दिङ्ला– भोजपुरमा अविरल बर्षाका कारण बाढीले एक घर एक बगाउँदा एकै घरका तिन जना गम्भिर घाईते भएकाहरुलाई धरान पठाईएको छ । उनिहरुलाई  नेपाली सेनाको हेलिकोप्टर मार्फत धरान स्थित विपि कोईराला विज्ञान प्रतिष्ठानमा थप उपाचारको लागि पठाईएको षडानन्द नगरपालिकाकी उपप्रमुख मेरिका राईले बताईन ।

मंगलबार बिहान करिब ६ तिर आएको वाछा खोलाको बाढीले षडानन्द नगरपालका वडा नं. ४ घलेगाउँ निवासी तुकराज घले घर बगाउँदा उनको श्रीमती साथै एक बर्षको छोरी समेत बगाएको हो । उनिहरु ३ जनालाई करिब ५० मिटर तल अलैंचि बारीमा पुरिएको अवस्थामा भेटिएर उद्धार गरिएको वडा नं. ४ का वडाध्यक्ष किशान राईले बताए ।

उनिहरुको षडानन्द नगरपालिका वडा नं. ४ स्थाई बसोवास भएको र चिर्खुवा हाईड्रो पावरको क्याम्प भएको स्थानमा पसल गरेर वस्दै आएका थिए । बाढीले बगाउँदा करिब एक लाख पचास हजार बराबरको क्षति भएको प्रारम्भिक अनुसन्धानबाट बुझिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया