दिङ्ला- अविरल बर्षासँगै आएको वाढि पहिरोले भोजपुरको उत्तरी क्षेत्रका प्रायःसवै सडक अवरुद्ध भएकाछन् । अत्यधिक बर्षातसँँगै आएको वाढि पहिरोले सडक वगाएर र पहिरो खसेर सडक अवरुद्ध भएका हुन् ।

बाढि पहिरोले दिङ्गला- सतिघाट, दिङ्गला- नेपालेडाँडा, दिङ्गला- साम्पाङ्ग , साम्पाङ्ग- वोया, दिङ्गला- कुदाककाउले, दिङ्गला- तिनतले, दिङ्गला- कुलुङ्ग, कात्तिकेघाट-  दोभाने लगायतका मुख्य सडकका साथै दर्जनौ सहायक सडकहरुपनि अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय दिङ्गलाका प्रमुख भाष्कर खतिवडाले जानकारी दिए ।

दिङ्गला – सतिघाट सडक खण्डको सतिघाट सिरानमा वाटो माथिवाट पहिरो झरेर सालको रुख खस्दा वाटो अवरुद्ध भएको षडानन्द नगरपाकिका ६ का वडाध्यक्ष सुजन राईले जानकारी दिए । वाटो खुलाउने प्रयास भईरहेको राईले वताएकाछन् । वाटो खुलाउनको लागि मेयर र उपमेयरसँग पहल भईरहेको उनले वताए ।

यता षडानन्द नगरपालिकाको वडानम्वर १२ र संखुवासभाको तुम्लीङ्गटार जोडने सडक पनि अवरुद्ध भएको छ । तुम्लीङ्गटार र तुर्केपुलको विचमा पहिरो जाँदा ५ सय मिटर वढि वाटो पुरिएको वडाध्यक्ष शंकर कार्कीले जानकारी दिए । पहिरो हटाएर सडक खुलाउनको लागि खाँदवारी ९ का वडाध्यक्ष, खाँदवारी नगरपालिका र जिल्ला समन्वय समितिसँग पहल भईरहेको वडाध्यक्ष कार्कीले वताए ।


वाढि पहिरोले सडक अवरुद्ध भएर यातायात वन्द भएर नगरपालिकाले समयमा मर्मत नगर्दा सर्वसाधारणलाई समस्या परेको छ । विरामीलाई वोकेर हस्पिटलसम्म पुर्याउनुपर्ने अवस्था रहेको र अत्यावस्यक काममा पनि पैदल यात्रा गर्नुपर्ने अवस्था आएको षडानन्द नगरपालिका ६ का स्थानिय उत्तम कटवालले गुनासो गरे ।


सडक सञ्जाल वन्द भएपछि खाद्यान्न लगायतका अत्यावस्यक सामाग्री आयातमा समेत समस्या परेको छ । सडक वन्द हुँदा तराईका शहरहरुवाट ल्याईने चामल, नुन, तेल, निर्माण सामाग्री लगायतका अत्यावश्यक वस्तुको अभाव हुन सक्ने उद्योग वाणिज्य संघ दिङ्गलाका अध्यक्ष रमेश श्रेष्ठले जनाएकाछन् । नगरपालिकाले समयमा वाटो खुलाएर यातायातलाई सहजवनाईदिनुपर्ने उनको माग छ ।

अवरुद्ध सडकलाई क्रमै सँग खुलाईने नगरपालिकाले जनाएको छ । नगरपालिकाको मुख्य नाका सतिघाट जोड्ने सडकको पहिरो हटाउन जेसिवि र रुख काट्ने मेसिन पठाईएको र अन्य सडकलाई पनि प्राथमिकताको आधारमा क्रमैसँग खुलाईने मेयर विरवल राईले वताए ।



तपाईको प्रतिक्रिया